Fri. Feb 28th, 2025

माथिल्‍लो तामाकोसीको सेयर कस्लाई कति ?

Upper-Tamakoshi_20150613084803

काठमाडौ –  माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर शुक्रबार बाँडफाँड भएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले सेयर लगानीकर्ताको हितमा हुने गरी बाँडफाँड गरिएको जनाएको छ ।

‘तामाकोसीको सेयर शुक्रबार बाँडफाँड भयो,’ माथिल्लो तामाकोसी प्रमुख विज्ञान श्रेष्ठले भने । ४ सय ५६ मेगावाटको यो आयोजनामा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता सेयर छुट्याइएको थियो । सञ्चयकर्ताले आवेदनअनुसार न्यूनतम ५० कित्तादेखि अधिकतम २ सय ९३ कित्ता सेयर पाएका छन् ।

कर्मचारी सञ्चय कोषका ४ सय ८० कर्मचारीलाई १५ लाख २४ हजार ९ सय ६० कित्ता, नागरिक लगानी कोषका १ सय ७ कर्मचारीलाई ३ लाख ४ हजार ९ सय ९२ कित्ता, बिमा संस्थानका १ सय ९१ कर्मचारीलाई ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

विद्युत् प्राधिकरण र अपर तामाकोसीका कर्मचारीलाई ३२ लाख ५७ हजार ५ सय २३ कित्ता सेयर छुट्याइएको थियो । उनीहरूले ५० कित्तादेखि ४ सय २३ कित्तासम्म सेयर पाएका छन् । तामाकोसीको सेयर जेठ १५ भित्र बाँडिसक्नुपर्ने थियो । तर भूकम्पका कारण सेयर बाँडफाँडमा केही ढिलाइ भएको हो । सेयर नपरेको पैसा बाँडफाँडको ५ कार्यदिन अर्थात् असार ३ देखि फिर्ता गर्न सुरु गरिनेछ । कान्तिपुरबाट

About The Author

अन्य समाचारहरु: