Tue. Mar 11th, 2025

सीपीएलमा जमैकाको दोस्रो जित, सन्दीप लामिछानेको उत्कृष्ट बलिङ


१० भदौ, काठमाडौँ–


क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ ।

वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो ।

नेपालका सन्दीपले आज पनि उत्कृत बलिङ गरे । सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३र३ विकेट हात पारे । सन्दीप आवद्द टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।

२०७७ भदौ १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: