१ भदौ, धादिङ–
धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ जना पुरुषहरुमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ का ७७ वर्षीय पुरुष, गल्छी गाउँपालिका वडा नं ४ का २६ वर्षीय पुरुष, धुनीबेसी नगरपालिका वडा नं ३ का २९ र ७८ वर्षीय पुरुष, ठेगाना नखुलेको ३३ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
संक्रमण देखिएकाहरुले काठमाडौँका विभिन्न अस्पतालमा परिक्षण गराइएका थिए । यो संँगै धादिङमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ सय ६३ पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि जिल्लामा निशेधाज्ञा गरिएको छ ।
२०७७ भदौ १ गते प्रकाशित