Thu. Nov 28th, 2024

धादिङ अस्पतालमा अर्थाेपेडिक सर्जरी सेवा सुरु

२४ साउन, धादिङ –


जिल्ला अस्पताल धापदङले अर्थाेपेडिक सर्जरी सेवा सुरु गरेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर २ का एक बालकको कुहिएको कान्छी औलाको अर्थाेपेडिक सर्जरी गर्दै सेवा सुरु गरिएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकले जानकारी दिए । जिल्लामा अर्थोपेडिक डाक्टर नहुदाँ नसा तथा हाडजोर्नी सम्बन्धी समस्या भएकाहरुले सेवा लिन राजधानी काठमाडौँ नै धाउनपर्ने समस्या थियो ।

अर्थाेपेडिक सर्जरी अर्थाेपेडिक सर्जन डा. दिव्य पुरुष ढकालको टोलीले सेवा प्रदान गर्ने सूचना अधिकारी विकले बताए । अब जिल्ला अस्पतालमा नै चौविसै घण्टा सेवा लिन सकिने अर्थोपेडिक सेवा सुरु भएसगँै नसा तथा हाडजोर्नी सम्बन्धी समस्या भएकाहरुलाई सेवा लिन सहज हुने उनले बताए ।

अस्पतालमा हाडजोर्नी तथा नसासम्बन्धी समस्याहरु (हड्डी खिइएको, नसा च्यापिएका, घाँटीको हड्डी खिइएको, हड्डी कमजोर भएको) को उपचार सेवालाई बिस्तार गर्ने क्रममा बागमती प्रदेश सरकारसँग सहकार्य गरेर अर्थोपेडिक सेवा सुरु गरेको हो । नागरिकले सरकारी मापदण्ड अनुसार न्यूनतम शुल्क तिरेर सेवा लिन सकिने उनले बताए ।


२०७७ साउन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: