२४ साउन, धादिङ–
धादिङमा थप ३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण भएको पुष्टि भएको छ । शनिबार तीन जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
नयाँ संक्रमित नेत्रावती डबजोङ गाउपालिका वडा नम्बर ३ का एक जना पुरुष र गजुरी गाउपालिकाका ६२ वर्षका एक जना पुरुष रहेका छन् । त्यस्तै ठेगाना नखुलेका एक जना पुरुष रहेका छन् । संक्रमित तिनै जना काठमाण्डौंमा बस्दै आएका थिए ।
३ जना थपिएसँगै धादिङका कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ । पीसीआर परिक्षणको स्वाब संकलन गरि पठाएकामध्ये अझै ६६ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको अस्पतालका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिए ।
२०७७ साउन २४ गते प्रकाशित