
२१ साउन , काठमाडौ –
केपी शर्मा ओलीसँगको परामर्शमा जनस्वास्थ्यविज्ञले कोरोना संक्रमण रोकथाम गर्न मुख्य तीन सुझाव दिएका छन् । पहिलो सुझाव छ,कर्फ्युसहितको लकडाउन । दोस्रोमा लकडाउन र तेस्रो आंशिक लकडाउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोभिड–१९ सँग जुध्न सरकारले गरेको काम र प्रयासले मात्र सम्भव नहुने बताए । सबैले साथ र सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले जनतामा जति चेतना बढाउन सकिन्छ, कोभिडसँग लड्न त्यत्ति नै सजिलो हुने स्पष्ट पारे । तर, आफ्नै पार्टी ९नेकपा०का नेताहरूमा अहिले गैरजिम्मेवारपन देखिएको उनको गुनासो थियो । उनले विज्ञहरूको सुझावका आधारमा सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रिपरिषद्मा पनि छलफल गरेर उचित निर्णय लिइने बताए ।
केही मानिस, केही माध्यम र केही संस्थामा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर, मेरै पार्टीमा ४ सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो के गर्ने हो त्यस्तो सोच केही पनि छैन । तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्यो, भरे बस्नुपर्यो त्यसबाहेक केही छैन’, प्रधानमन्त्रीले भने, ‘देश र जनताप्रतिको गम्भीर उदासीनता, लापरवाही, बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्ति व्यापक रूपमा देखिएको छ ।’
ओलीले कोभिडको संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नुपर्ने पनि बताए । ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध’, उनले भने, ‘यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।’
लकडाउन हटेको १३ दिनभित्रै २७ सय संक्रमित बढेकाले फेरि लकडाउन गर्न सुझाव दिएको एक सहभागीले बताए । समुदायमा संक्रमण फैलिइसकेकाले तत्कालका लागि दुई साता कडा लकडाउन गर्नुपर्ने उनीहरूको धारणा थियो ।
जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको जानकारी दिए । पहिले भारतबाट आएका मात्रै संक्रमित हुन्थे भने अहिले समुदायमा पनि संक्रमित बढेका छन् । हामी अहिले कुन अवस्थामा छौं र के गर्ने भन्नेबारे हामीले प्रधानमन्त्रीलाई सुझाव दियौं’, डा पाण्डेले भने, १५ दिन कडा खालको लकडाउन गर्ने र त्यसपछि जनस्वास्थ्यका मापदण्ड अपनाउने गरी अगाडि बढ्न हामीमध्येका धेरैले सुझाव दिएका छौं । अर्का जनस्वास्थ्यविद् डा। समीरमणि दीक्षितले देशभरभन्दा पनि ठाउँविशेषका आधारमा लकडाउन गर्न सुझाव दिइएको बताए । समग्रमा सबैतिर लकडाउन गर्दा आर्थिकलगायत गतिविधि ठप्प हुन सक्छन , डा। दीक्षितले भने, ‘कोरोना पनि कति समय रहन्छ भन्ने ठेगान छैन । यसले गर्दा आर्थिक रूपमा थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिएर ठाउँविशेषका आधारमा लकडाउन गर्नु उपयुक्त हुने सुझाव मैले दिएको छु ।’
२०७७ साउन २१ गते प्रकाशित