Mon. Mar 10th, 2025

जानाजान हाछ्युँ गरे फुटबल खेलाडीलाई रेड कार्ड

२० साउन –

अब फुटबलमा खेलाडीले जानाजान विपक्षी र रेफ्रीसामु जानाजान हाछ्युँ गरे भने रेर्ड कार्ड दिइने भएको छ । फुटबलमा नियम बनाउन अन्तर्राष्ट्रिय संस्था आईएफएबीका अनुसार यस्तो जानाजान हाछ्युँलाई अश्लील, आक्रामक र गलत शब्द प्रयोग गरे जस्तै दण्डनीय मानिनेछ ।

आईएफएले खेलाडीले जानाजान हाछ्युँ गरेको हो अथवा प्राकृतिक रूपमा यस्तो गरेको हो, यसबारे निर्णय गर्ने पूरा अधिकार रेफ्रीलाई दिएको छ र यसक्रममा रेफ्रीलाई ठीक निर्णयका लागि सक्दो प्रयास गर्न पनि भनिएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीपछि विश्व फुटबलमा आएको यो अर्को परिवर्तन रहेको छ । यो नियमलाई लागू गर्न सबै देशका फुटबल संघलाई पनि भनिएको छ ।

२०७७ साउन २०गते प्रकाशित

About The Author

अन्य समाचारहरु: