२० साउन, काठमाडौं–
सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा। उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि स्वास्थ्य मन्त्रालयले डा. उप्रेतीलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा।उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो । स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्षको हुनेछ ।
२०७७ साउन २० गते प्रकाशित