
१८ साउन , टुरिन –
युभेन्ट्सले इटालीको सिरी ए मा शनिबार लगातार दोस्रो हार बेहोरेको छ । सिजनको आफ्नो अन्तिम लिग खेलमा क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्ट्स रोमासँग ३–१ ले पराजित भएको हो ।
औपचारिक महत्त्व नभएको हुनाले रोनाल्डोलाई यो खेलमा आराम दिइएको थियो । युरोपेली च्याम्पियन्स लिग सुरु हुन ठीक अगाडि युभेन्ट्सले आफ्नो लय गुमाएको हो ।
यसअघि नै लगातार नवौं पल्ट लिग उपाधि जितिसकेको युभेन्ट्सले शुक्रबार अन्तिम १६ मा लियोनविरुद्ध खेल्दैछ र त्यस अन्तिम १६ को खेलमा युभेन्ट्स १–० ले पछाडि छ ।
शनिबारकै अर्को खेलमा इन्टर मिलानले एटलान्टालाई २–० ले हरायो र लिगको दोस्रो स्थानमा रहने निश्चित गर्यो । एटलान्टा जनवरीयता लिगमा पराजित भएको यो पहिलो पल्ट हो ।
यस्तै अर्को खेलमा लाजियो नेपोलीसँग ३–१ ले पराजित रह्यो । हारका बावजुत लाजियोका त्यसमा एक गोल गरेका सिरो इमोबिल लिगका सर्वाधिक गोलकर्ता गरे ।
२०७७ साउन १८ गते प्रकाशित