Mon. Mar 10th, 2025

सुनको भाउ ९८ हजार २ सय प्रतितोला पुग्यो

१३ साउन, काठमाडौ –

नेपाली बजारमा सुनको भाउ दिनप्रतिदिन उकालो लागिरहेको छ । मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँ पुगेको छ ।

त्यस्तै मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय ४५ रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ बढेको हो । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


२०७७ साउन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: