Thu. Feb 27th, 2025

विपत्तिको बेला बजारभाउ अकासियो

काठमाडौं – विपत्तिको मौका छोपी व्यापारीले बजारमा एकाधिकार (कार्टेलिङ)जमाउँदै अधिकांश खाद्य सामग्रीमा भारी मूल्यवृद्धि गरेका छन्। दाल, चामल, खानेतेल, तरकारीलगायत अधिकांश खाद्य वस्तुको भाउ अस्वाभाविक रुपमा बढाइएको छ। ०७१ चैतको तुलनामा ०७२ वैशाखमा खाद्यान्न मूल्य प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्म बढी छ भने तरकारीमा शतप्रतिशतसम्म बढाइएको छ।

वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसयताका अनुकम्पनले जनजीवन नै तहसनहस भएका बेला उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाउनुलाई व्यापारीले ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि’ लाई कारण औंल्याएका छन्। अन्तर्राष्ट्रिय बजारमा दालको मूल्य सामान्य परिवर्तन भए पनि नेपाली व्यापारीले त्यही आडमा अधिकांश दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेका हुन्। उपभोक्तावादीले यसलाई ‘अस्वाभाविक’ र ‘उपभोक्ता मारा’ भनेको छ ।

वैशाख १२ भूकम्प जानुअघि मसुरो ९मझौला० दालको मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ रहेकामा अहिले १ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। कालीमाटी र बल्खुका व्यापारीले मिलेर तरकारीमा अझ ठूलो कार्टेलिङ गरी ५० देखि सय प्रतिशतसम्म मूल्य बढाएका छन्। चैतमा प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको काँक्रोको मूल्य अहिले ८० रुपैयाँ पुर्यानइएको छ। राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चले गरेको अध्ययनअनुसार गोलभेडा, काँक्रो, आलुलगायत तरकारीको मूल्य शतप्रतिशत बढेको छ।

मसुरो ९ठूलो० पनि १ सय २५ बाट १ सय ७० रुपैयाँ पुगेको छ। मास ९मझौला० को मूल्य चैतमा १ सय ३५ थियो तर त्यसको एक महिना बित्न नपाउँदै १ सय ६० रुपैयाँ पुगेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
नागरिकबाट

About The Author

अन्य समाचारहरु: