Tue. Mar 11th, 2025

रियल मड्रिडले जित्यो स्पानिस ला लिगाकाे उपाधि

२ साउन, काठमाडौं

रियल मड्रिडले स्पानिस ला लिगाकाे उपाधि जितेकाे छ । गएराति भएकाे खेलमा भियारियाललाई २-१ ले पराजित गर्दै रियलले एक खेल अगावै उपाधि जितेकाे हाे ।

रियलकाे जितमा करिम बेन्जामाले दुवै गाेल गरे । भियारियलका लागप भिसेन्टे आईबाेराले एक गाेल फर्काए । रियलका मार्काे असेन्सियाेले गरेकाे गाेल भिएआरले मान्यता दिएन ।

दाेस्राे स्थानकाे बार्सिलाेना भने ओसासुनासँग घरेलु मैदानमा २-१ ले पराजित भयाे ।बार्सिलाेना पराजित भएपछि रियलले ७ अंककाे अग्रता बनाएकाे छ । कप्तान लिओनल मेसीले गाेल गरेपनि बार्सिलाेनाकाे हार टार्न सकेनन् ।

२०७७ साउन २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: