Thu. Feb 27th, 2025

नयाँ घर बनाउन ६ मिटरको बाटो अनिवार्य

Wide_road_Home
२८ जेठ, काठमाडौं – सरकारले काठमाडौं महानगरपालिका, देशभरिका उपमहानगरपालिका र नगरपालिकाहरूमा नयाँ घर बनाउन कम्तीमा ६ मिटरको बाटो हुनैपर्ने व्यवस्था गर्ने तयारी गरेको छ। सरकारको तयारीअनुसार नियम स्वीकृत भयो भने अब ६ मिटर ९२० फिट० भन्दा कमको बाटो भएको ठाउँमा घर बनाउन नक्सापास हुने छैन।

२० फिट बाटो भएका जग्गामा पनि घर बनाउन डेढ मिटर खाली ठाउँ छाड्नुपर्ने नियम ल्याउने तयारी सरकारले गरेको छ। यसको सीधा असर २० फिटभन्दा सानो बाटो भएको ठाउँमा जग्गा किनेर घर बनाउने तयारी गरिरहेकाहरूलाई पर्ने  छ ।सानो बाटो भएको आवासीय क्षेत्रमा ४-५ आना जग्गा किनेर पछि घर बनाउँला भनेर सपना साँच्नेहरू यो नियमको मारमा पर्नेछन्। ‘टोलभरि घर बनाइसकेर बचेको सानो जग्गामा पनि नयाँ घर बनाउन बाटो फराकिलो पार्नैपर्छ’, काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त विकास कार्यालयका प्रमुख डा। भाइकाजी तिवारीले भने।

उनले नयाँ घर बनाउन दायाँबायाँ गरी ६ मिटरको बाटो अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागिएको बताए। नयाँ व्यवस्था कार्यान्वयन भएपछि घर बनाउन पहिलाभन्दा धेरै जग्गा आवश्यक पर्नेछ।न्यूनतम कति आनामा घर बनाउन दिने भन्नेमा चाहिँ सरकार अहिलेसम्म निर्णयमा पुग्न सकेको छैन। यसअघि स्थानीय निकायले आफ्नो आवश्यकताअनुसार बाटोको आकार निर्धारण गर्न सक्ने व्यवस्था थियो।पूर्वाधार विज्ञ सूर्यराज आचार्यले सडक फराकिलो पार्दा घरै बनाउने जग्गा बाँकी नरहनेलाई सरकारले चल्तीको भाउअनुसार क्षतिपूर्ति दिनुपर्ने बताए। ‘अहिले सडक ठूलो बनाउँदा नातिपनातिसम्मले फाइदा लिन सक्छन्’, उनले भने, ‘तर विज्ञ टोलीले म्यापिङ गरिसकेपछि सडक फराकिलो पार्दा जसको घर बनाउन नै नपुग्ने जग्गा बाँकी रहन्छ, उनीहरूलाई बजारको चलेकै भाउअनुसार क्षतिपूर्ति दिएर अधिग्रहण गर्नुपर्छ।’भूकम्पले ठूलो धनजन क्षति भएपछि सर्वसाधारणको सुरक्षा र वैज्ञानिक ढंगको बस्ती विकास गर्न नयाँ नियम ल्याउन लागिएको सहरी विकास मन्त्रालयले जनाएको छ। जग्गा प्लानिङ गर्नेले पनि अबदेखि यो नियम पालना गर्नुपर्नेछ। अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: