२७ जेठ धादिङ – आर्थिक कारोबारको व्यवस्थित अभिलेख राख्न सिकाउने उद्देश्यले सदरमुकाम धादिङबेशीमा बुधबारदेखि सहभागितामुलक सहकारी लेखापालन तालिम सुरु भएको छ ।
तालिमको पहिलो दिन लेखा, लेखाको उद्देश्य, सहकारीमा लेखाको महत्व लगायतका विषयमा जानकारी गराईएको थियो । तलिममा सदरमुकाम धादिङबेशी आसपासका विभिन्न सहकारी संस्थाका व्यवश्थापक तथा शेयर सदस्यहरुको उपस्थिती रहेको रहेको छ ।
साँकोष महिला कृषि सहकारी संस्था साँकोष धादिङको आयोजना तथा डिभिजन सहकारी कार्यलय धादिङको सहयोगमा तालिम संचालन गरिएको हो । तालिम ६ दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।