३० जेठ, धादिङ–
कोरोना भाइरस (कोभिड १९) को संक्रमित बढ्दै गएपछि धादिङबेसीमा आइसोलेसन कक्ष निर्माण गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको कोरोना भाइरस सम्बन्धी संकट व्यवस्थापनको बैठकबाट गठित समितले आइसोलेसन कक्ष निर्माण गरिने बताइएको छ । सदरमुकाम धादिङबेसीस्थित मालपोत कार्यालयको पूरानो भवन र एकल महिलाको छहारी भवनलाई थप आइसोलेसन निर्माणको लागि सिफारिस गरेको छ ।
समितिले उक्त स्थानहरुको स्थलगत निरीक्षण गरि थप आइसोलेसन कक्ष स्थापना गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।
यसअघि जिल्लाको पृथ्वी राजमार्गस्थि गजुरी गाउँपालिका वडा नं. १ मा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTVT) अन्तर्गतको भवनलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ ।
आइसोलेसन पहिचानका लागि स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष र जिल्ला अस्पताल सदस्य रहने गरी समिति गठन गरेको थियो ।
२०७७ जेठ ३० गते प्रकाशित