२९ जेठ, धादिङ–
धादिङकोे त्रिपूरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा कोरोना संक्रमण (कोभिड -१९) पुष्टि भएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठका अनुसार भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो ।
क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
२०७७ जेठ २९ गते प्रकाशित