२२ जेठ, धादिङ–
आदर्श बहुमुखी क्याम्पस गजुरीको प्रमुखमा विष्णु प्रसाद कोइराला नियुक्त भएका छन् । धादिङको गजुरीमा रहेको क्याम्पसमा रिक्त रहेको पदमा कोइरालालाई नियुक्त गरिएको हो ।
क्याम्पस सञ्चालक समितिको अध्यक्ष एंव प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा विहिबार बसेको समितिको बैठकले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
बाइस वर्ष शिक्षण पेशामा सेवा गरिसकेका कोइरालाले माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
२०७७ जेठ २२ गते प्रकाशित