२० जेठ, धादिङ–
धादिङ घर भएकी २३ वर्षीय महिलामा कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमित महिला ँ परोपकार प्रसुति अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।
२०७७ जेठ २० गते प्रकाशित