Tue. Mar 11th, 2025

ओलम्पिकमा तीन स्वर्ण जितेका बबी जोको निधन


१८ जेठ, काठमडौँ–

अमेरिकी छोटो दूरीका धावक बबी जो मोरोको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले १९५६ को ओलम्पिक खेलमा तीनवटा पदक जितेका थिए ।

उनको गृहनगरस्थित सान बोनिटो स्कुल डिस्ट्रिकले मोरोको निधनको पुष्टि गरेको हो, यस स्कुलमा मोरोकै नामबाट १२ हजार सिटसहितको रंगशालाको नामाकरण गरिएको छ । यहाँ सुपेरिटेन्डेन्ट डाक्टर नाते काम्र्यानले रंगशालाले विश्वप्रसिद्ध धावकको संझना दिलाउने बताए ।

मोरोले १९५६ को मेलवर्न ओलम्पिकमा १ सय मिटर, २ सय मिटरतर्फ व्यक्तिगत स्वर्ण जितेका थिए । यही ओलम्पिकमा उनीसहितको अमेरिकी टिमले ४ गुणा १ सय मिटर रिलेतर्फ स्वर्ण जित्दा उनको कुल स्वर्ण संख्या ३ पुग्यो ।

एकै संस्करणको ओलम्पिक खेलमा १ सय मिटर, २ सय मिटर र चार गुणा १ सय मिटर रिलेमा स्वर्ण जित्ने किर्तिमान विश्वका चार खेलाडीमा मात्रै छ । १९३६ मा बर्लिन ओलम्पिकमा जेसे ओवेन्स, १९८४ मा लस एन्जलस ओलम्पिकमा कार्ल लेविस र २०१२ को लण्डन ओलम्पिक तथा २०१६ को रियो दि जेनरियो ओलम्पिकमा उसेन बोल्टले मात्रै यस्तो उपलब्धि हासिल गरेका छन् ।


२०७७ जेठ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: