Thu. Nov 28th, 2024

कोरोना संक्रमित धादिङकी ३० वर्षीय महिलाको गाउँका ३९ जनाको परिक्षण


३ जेठ, धादिङ –


धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवा गाउँका ३९ जनाको पीसीआर परिक्षण गरिएको छ । ३० वर्षीय महिलामा कोरोना पुष्टि भएपछि गाउँका अन्य व्यक्तिहरुको परिक्षण गरिएको हो ।

बाग्मती प्रदेश, विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ), प्रशासन, स्वास्थ्य कार्यालय, गाउँपालिकाको संयुक्त पहलमा परिक्षण गरिएको हो । परिक्षण गरिएका नमुनाहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ ।केही दिनमा रिपोट आउने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलामा महिलामा बिहिबार कोरोना भाइरस (कोभिड १९) पुष्टि गरेको थियो । श्रीमान, श्रीमती दुवैजनाले एकै पटक परिक्षण गराएका थिए । महिलाको श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । कोरोना पुष्टि महिला भने काठमाडौँमा नै उपचाररत छन् ।

कोरोना पुष्टि भएपछि गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवा गाउँलाई शील गरिएको छ । गल्छी गाउँपालिका वडा नं ८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्वर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकलाई शील गरिएको हो । अहिले त्यस क्षेत्रमा शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ भने माइकिङ समेत गरिएको छ ।

काठमाडौँको सतुङगलमा बस्दै आइरहेका उनीहरु लकडाउनकै अवधिमा घर (कटुवाल पौवागाउँ) आएका थिए ।


२०७७ जेठ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: