२ जेठ, धादिङ–
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल, नेपालगंन्जमा गरिएको परिक्षण अनुसार शुक्रबार साँझ ९ जनामा कोरोना पुष्टि भएको छ । पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, बिरगंज निवासी ९, १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र २४ वर्षीय पुरुषहरु, काठमाडौँ सतुङगल निवासी ७ वर्षीय बालकमा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
२०७७ जेठ २ गते प्रकाशित