२ जेठ, धादिङ–
नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । बाँके र मकवानपुरका ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भेरी अस्पताल, नेपालगंन्जमा गरिएको परिक्षण अनुसार शुक्रबार बिहान कोरोना पुष्टि भएको छ ।
मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यो सँगै संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।
२०७७ जेठ २ गते प्रकाशित