Thu. Nov 28th, 2024

धादिङकी ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो

१ जेठ, धादिङ–

धादिङकी ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

२०७७ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: