३० बैशाख, काठमाडौँ –
मंगलबार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परिक्षण अनुसार नयाँ ५७ जनामा भेटिएको हो । सबै पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जनामा कोरोना भाइरसको पुष्टि भएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।
२०७७ बैशाख ३० गते प्रकाशित