Tue. Mar 11th, 2025

बुन्डेस लिगा आगामी मे १६ देखि सुरु हुने

२६ बैशाख, काठमाडौँ–

जर्मनीको शीर्ष फुटबल लिग बुन्डेस लिगा आगामी मे १६ देखि शुरु हुने भएको छ । कोरोनाभाइरसको महामारीपछि पुनः सञ्चालन हुन लागेको बुन्डेस लिगा पहिलो शीर्ष युरोपियन लिग हो ।

बन्द स्टेडियममा खेलाइने पहिलो खेलमा साल्के र बोरुसिया डर्टमन्डबीचको खेल हुनेछ । आइतबार शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनको सामना गर्नेछ ।

प्रायः टोलीहरुले ९ खेल खेल्न बाँकी रहेको छ । लिगको अन्तिम खेलहरु २७–२८ जुनमा खेलाइने तालिका रहेको छ ।

जर्मन फुटबल एशोसिएनका अनुसार कडा स्वास्थ्य निर्देशिकाका साथ यो सिजनको फुटबल सुरु गरिन लागेको हो । यसमा सबै खेलाडीहरुको कोभिड–१९ परीक्षण अनिवार्य गरिएको छ ।

खेलको दौरान स्टेडियममा करिब ३ सय जना मात्र हुनेछन् जसमा खेलाडी, स्टाफ र अफिसियलहरु समावेश छन् । गत मार्च १३ मा लिगलाई स्थगित गरिएको थियो । गत मध्य अप्रिलदेखि खेलाडीहरु क्लबमा फर्किएका थिए ।


२०७७ बैशाख २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: