Fri. Jan 31st, 2025

नेपालमा अनलाइन शिक्षाको औचित्य

नारायण सुवेदी–


अहिले निकै चर्चा र बहसको बिषय बनेको छ अनलाइन शिक्षा । हाल विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाईरका कारण विश्वका अधिकांश देश लकडाउनमा रहेको छ, नेपालमा पनि २०७६ चैत ११ देखि लकडाउनमा छ भने हालको लागि २०७७ जेठ ५ गते सम्म तोकिएको छ ।

कोेरोनाको कहरको विषम परिस्थितिमा हरेक क्षेत्र प्रभावित बनेको छ, सोही अनुरुप शिक्षा क्षेत्रमा पनि निकै नै नराम्रो प्रभाव पारिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा विद्यालय तथा विश्व बिद्यालयले लिने सबै परीक्षा स्थगित छ भने लिएका परीक्षाको नतिजा प्रकाशन तथा नयाँ भर्ना पनि रोकिएको छ ।

यस्तो परिस्थीतिलाई मध्य नजर गर्दै बिभिन्न बिद्यालय तथा बिश्व बिद्यालय ले अन्धाधुन्ध तरिकाले अनलाइन कक्षा संचालन गरिरहेका छ। सो अनलाइन कक्षा संचालनका लागि देशमा भएको प्राबिधिक बिकाशको स्तर कस्तो छ , अनि स्रोत र साधनहरू के कति रुपमा उपलब्ध छ र बिद्यार्थीहरूको अबस्था कस्तो स्तरको छ भनि कुनै सर्बेक्षण बिना कक्षाहरू संचालन भईरहेको छ ।

हाल नेपालमा ६३ प्रतिशत मानिस मात्र ईन्टरनेटको पहुँचमा छन् । त्यो पनि धेरै मात्रामा सहर केन्द्रित छन् त्यसमा पनि १२.७५ प्रतिशत मात्र फाइभरको पहुच छ । भने ७० प्रतिशत मानिस मोबाइल प्रयोग गर्ने रहेको सन् २०१९ को डाटाले देखाउँछ त्यसमा पनि स्मार्ट फोन चलाउने २० प्रतिशत कमी डाटाले देखाउँछ । नेपालको यी र यस्तो अबस्था हुदा हुदै नेपालमै अहिले जुन अनलाइन कक्षाको शुरुवात गरिएको छ यो एउटा रहर मात्र रहेको देखिन्छ ।

न त बिद्यार्थीको समय पायक परेको छ न त त्यसको प्रभावकारीता नै रहेको छ । देशको प्रविधिको स्तर यस्तो छ कि दुत्र त चल्दैन भने इन्टरनेट त एकादेशको कथा हुनेछ । बिद्यालयको फि त तिर्न सक्ने क्षमता हुन्न भने इन्टरनेट जडानको कुरा र पहुचको कुरा त एकादेशको कथा हुनेछ । विद्यालयले बिद्यार्थीको समस्या के छ भनि नबुझी आफ्ना पाराले अनलाइन कक्षा संचालन गर्नु नै रमिता देखाउनु हो ।

अनलाइन कक्षाको बहानामा विभिन्न विद्यालयले बिद्यार्थीलाई बिभिन्न शुल्क लगाउने गर्न समेत सक्ने हुदाँ अभिभाकमा यसले थप आर्थिक बोझ थपिने निश्चित रहेको देखिन्छ । यसले आर्थिक मार अबश्य पर्दछ, अधिकांश बिद्यार्थीले मोबाइल डाटाबाट नै सो कक्षा लिईरहेका छन । यसरी हेर्दा प्रति ४० मिनेट को भिडियो कक्षाका लागि ११० एम बि लाग्दछ भने प्रति एम बि को सरदर मुल्य ८ रुपैया पर्ने रहेछ भने यो निकै नै महंगो पर्ने हुदाँ, यो महामारिमा आफु र आफ्नो परिवारको जिविकोपार्जन कसरी गरु भनेर चिन्तित भएको समयमा अनलाइन कक्षाले झनै चिन्तित बनाएको छ । जसले गर्दा अभिभावकमा, आफुले आफ्नो सन्तानलाई शिक्षा दिक्षा दिन नसकेको भन्दै मानसिक दबाब बढ्दै जादा मानसिक समस्या मा पर्दछन् ।

एकातिर परिवार नै कसरी गुजारा चलाउनु भन्नुको तनाव हुन्छ भने स्वयं विद्यार्थी पनि आफु अनलाइन कक्षामा सहभागी हुन नसकेको भन्दै तनावमा रहन्छन् भने यदि कसैले सहभागी भए भने पनि कसरी आर्थिक बोझ धान्ने भन्ने चिन्ता बढी रहन्छ ।

अत बिद्यालय तथा बिश्व बिद्यालयहरूले सबै बिद्यार्थीलाई समाबेश हुने खाले अनलाइन शिक्षा संचालन गर्नुपर्दछ । सरकारले पनि बिद्यार्थीहरूलाई निशुल्क डाटा तथा ईन्टरनेट को ब्यबस्था गर्नु पर्दछ, सबै ठाउमा नेटको पहुच पु¥याउनु पर्दछ अन्यथा अनलाइन कक्षा रमिते र हुने खानीलाई मात्र हुनेछ भने हुदा खानेलाई यसले कुनै पनि फाइदा हुने छैन । हुने खाने त यसै नि राम्रा राम्रा बिद्यालय पढ्ने गर्दछन, युरोप अमेरिका र बिकसित देशमा गएर पढिरहेका छन् । बिद्यालय तथा बिश्व बिद्यालयले हुदा खानेलाई प्राथमिकता राखेर मात्र आफ्नो रणनिती तयार तथा कार्यक्रमहरू संचालन गर्नु पर्छ, अन्यथा यी र यस्ता शिक्षाले बास्तबिक शिक्षा हासिल नहुनेमा पक्का देखिन्छ ।


– गजुरी गाउँपालिका –६, मिलनटार धादिङ

२०७७ बैशाख २५ गते प्रकाशित

About The Author