Thu. Nov 28th, 2024

थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो


२३ बैशाख, धादिङ –


नेपालगन्जमा थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पुष्टी भएको हो। जो नेपालगन्ज ८ निवासी वर्ष २२, ३०, ४० का तीन जना पुरुष र वर्ष ९, ३२, ३४ र ३५ का महिला छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। यो सँगै संक्रमितको संख्या ८२ पुगेको छ।


२०७७ बैशाख २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: