Fri. Nov 29th, 2024

१३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग प्रदेश सरकारको छलफल

११ बैशाख, हेटौडा –


कोरोना भाइरस (कोभिड १९) को संक्रमण र यसले पारेको प्रभावका बारेमा बागमती प्रदेश सरकारले आफनो प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल कन्फरेन्स’ गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोद सिंहले बिहिबार १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी लिएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलका अनुसार समग्रमा तीन महिनाका लागि खाद्यान्न भण्डारण रहेको, गुणस्तरिय स्वास्थ्य सामग्री तथा मल र बिउको अभाव रहेको, काठमाडौबाट जिल्लामा जानेको चाप बढेको, संक्रमणको चुनौती रहेको, नेपाल प्रहरीको दरवन्दी थोरै रहेको, आयोजना सञ्चालन गर्न प्रष्ट निर्देशन नआएको, क्वारेन्टीन र आइसोलेसनमा बिरामीको चाप नरहेको,काठमाडौबाट फर्किका मजदुरको सहजीकरण गरिएको,रासन बितरण भइरहेको जानकारी प्रमुख जिल्ला अधिकारीले गराएका थिए ।

प्रदेश सरकारबाट जिल्ला विपद व्यवस्थापन समितिका लागि पठाइएको रकम खर्च गर्न प्रष्ट कार्यविधि नभएकोले अप्ठयारो परेको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका हुन् । बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको छलफलमा मुख्यमन्त्री पौडेलले प्रमुख जिल्ला अधिकारीबाट उठाइएका समस्या सम्बोधन गर्न प्रदेश सरकार गम्भिर रहेको जानकारी गराउँदै रासनमा भन्दा काममा प्राथमिकता दिन अनुरोध गरे । आयोजना सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि मुख्यमन्त्री पौडेलले निर्देशन दिए ।

२०७७ बैशाख ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: