Fri. Nov 29th, 2024

बाग्मती प्रदेशका मुख्यमन्त्रीले धादिङका चार सहित १० स्थानीय तहका प्रमुखसँग भिडियो कन्फरेन्स गर्ने

९ बैशाख, धादिङ


बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भिडियो कन्फरेन्स गर्ने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र यसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासको विषयमा छलफल गरिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए ।

मंगलबार दिउँसो १ बजे बाग्मती प्रदेश अन्र्तगत पर्ने धादिङको नीलकण्ठ नगरपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका र रुविभ्याली गाउँपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्स गर्ने बताइएको छ ।

त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका, आमा छेडदेइङ्गमो गाउँपालिका, नौकुण्ड गाउँपालिका, दोलखाको जिरी नगरपालिका, कालिन्चोक गाउँपालिका, शैलुङ्ग गाउँपालिकाका प्रमुखसँग भिडियो कन्फ्रेन्स गर्ने कार्यक्रम रहेको छ ।

२०७७ बैशाख ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: