Mon. Mar 10th, 2025

धादिङका ९ वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज (विवरण सहित)

८ बैशाख, धादिङ –


नेपाल आयल निगमले धादिङका ९ वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो ।

निगमले धादिङका ९ वटासहित देशभरका ५० वटा ग्यास उद्योगको एकैपटक अनुमतिपत्र खारेज गरेको छ । निगमले एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ ।अनुमति लिएका ५३ उद्योगमध्ये सैपाल ग्यास उद्योग, सगरमाथा ग्यास इन्डष्ट्रिज र सिता ग्यास उद्यागले मात्र उद्योग निर्माण गरेका छन्। यी उद्योगहरूले २०७१ पछि सञ्चालन अनुमति लिएका थिए।

बाँकी ५० उद्योगले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको र अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको ठहर गर्दै तिनीहरुको निर्माण र सैद्धान्तिक सहमति खारेज गरिएको जानकारी दिइएको छ ।

ग्यास उद्योग खारेज भएका उद्योगको नामावली
१. पूजा ग्यास उद्योग प्रा.लि
२. ग्रीन ग्यास उद्योग प्रा.लि
३. गौरीशंकर ग्यास प्रा.लि (शाखा उद्योग)
४. हिमालय प्रट्रो केमिकल्स प्रा.लि(शाखा उद्योग)
५. कोशी ग्यास उद्योग प्रा.लि (शाखा उद्योग)
६.लुम्बिनि ग्यास कम्पनि प्रा.लि (शाखा उद्योग)
७.नारायणी ग्यास उद्योग प्रा.लि (शाखा उद्योग)
८.नोबेल ग्यास उद्योग प्रा.लि (शाखा उद्योग)
९. राजधानी ग्यास उद्योग प्रा.लि (शाखा उद्योग)


२०७७ बैशाख ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: