
३ बैशाख, धादिङ
धादिङ जिल्लामा तरकारी, फलफूल र खाद्यन्न दुवानीमा रोक लगाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन बैशाख ३ गतेदेखि १० गतेसम्मका लागि पूर्ण रुपमा दुवानीमा रोक लगाइएको हो । धादिङ उद्योग वाणिज्य संघको बुधबार बसेको बैठकले एक साताका लागि रोक लगाइएको हो ।
तराईका जिल्ला र काठमाडौँबाट जिल्लामा ढुवानी भइरहेको हरियो तरकारी, फलफूल, खाद्यन्न लगायतका सामानहरु ल्याउन रोक लगाइएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।
साथै जिल्लामा रहेका पसल, बैक तथा वितिय संस्था, इन्सुरेन्स कम्पनी, यातयात लगायतका क्षेत्रहरु खोल्न पूर्ण रुपमा रोक लगाइएको छ । जिल्लाभित्र रहेका औषधी पसलहरु सामाजिक दुरी कायम गरी सुरक्षाका सम्पूर्ण उपायहरु अपनाई सुचारु गर्न आग्रह गरिएको छ ।
२०७७ बैशाख ३ गते प्रकाशित