Mon. Mar 17th, 2025

भारतमा ‘लकडाउन’को अवधि मे ३ सम्म लम्बियो

२ बैशाख, काठमाण्डौ –

भारतमा आउँदो मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदै छ ।

उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले २० अप्रिलसम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन् ।

२०७७ बैशाख २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: