Fri. Nov 29th, 2024

लकडाउनमा थप कडाइ गर्ने, एक स्थानीयतहबाट अर्को स्थानीयतहमा जान नपाइने

२२ चैत, काठमाडौं


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना ९कोभिड–१९० भाइरसको रोकथामका लागि चैत ११ गतेदेखि लगाएको लकडाउनमा सरकारले थप कडाइ गर्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमासमेत कडाइ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिए ।

त्यसैगरी सरकारले कोरोना देखिएका जिल्ला बागलुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेष्ट किट प्रयोग गरेर कोरोना परीक्षण गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता खतिवडाका अनुसार कोरोना संक्रमित देखिएका जिल्लामा तत्कालका लागि र्यापिड टेष्ट किटको परीक्षणबाट पिसिआर टेष्ट गर्ने निर्णय भएको हो ।

दुईजना कोरोना संक्रमित देखिए लगत्तै चैत ११ गतेदेखि १८ गते बिहानसम्म लकडाउनको निर्णय गरेको सरकारले संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको समय थपेर चैत २५ गतेसम्म पुर्याएको छ ।

मन्त्रिपरिषद्मा शनिबार नै लकडाउनको समय थप गर्ने प्रस्ताव पेश भए पनि त्यो भने निर्णय भएन । सरकारले यसअघि नै अन्तर्राष्ट्रिय उडानमा भने २०७७ वैशाख ३ गतेसम्म रोक लगाएको छ । नेपालमा एकजना बाहेक सबै कोरोना संक्रमित विदेशबाट आएका भएकाले सरकारले छिमेकी देशसँगका सीमा नाकामा समेत कडाइ गर्दै आएको छ ।

२०७६ चैत २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: