धादिङ – विनाशकारी भूकम्पले स्वास्थ्य चौकीमा क्षति पु¥याएतापनि सल्यानटारमा रहेको स्वास्थ्य चौकीले भत्किएकै भवनबाट स्वास्थ्य उपचार गराएका छन् । गत वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति पु¥याएको भवनमै राखेर दैनिक रुपमा दुई सय जनालाई सेवा दिइरहेको छ ।
२५ शैयाको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र बनाउनको लागि नयाँ भवन निर्माणकै चरणमा रहेको र अहिले संचालनमा रहेको पुरानो भवनलाईपनि प्राविधिक चेकजाँचमा असुरक्षित प्रमाणित गरिएपछि असुरक्षित भवनमै राखेर विरामीहरुको उपचार हुँदै आएको हो ।
‘नयाँ भवनको पनि निर्माण कार्य सम्पन्न भएको छैन । पुरानो भवनलाइ पनि असुरक्षित भनिएको छ । विरामीहरु उपचार गर्नको लागि आउँछन कहाँ लैजाने हो र त्यही असुरक्षित भवनकै कम चर्किएको ठाउँमा राखेर विरामीहरुको उपचार गर्ने गरेका छौ ।’ प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारका निमित्त प्रमुख रमेश खकुरेलले बताउनुभयो । स्वास्थ्य केन्द्रको लागि २५ शैयाको सुविधासम्पन्न भवन बनाउन सुरु गरिएको भएपनि भवन बनिनसक्दै भुकम्पले क्षति पु¥याएको छ । स्वास्थ्य केन्द्रसंग भवनको अर्को विकल्प नहँुदा असुरक्षित भवनबाटै उपचार गराईएको हो ।
विरामी भएर उपचारका लागि स्वास्थ्य संस्था आउने गर्दछ तर स्वास्थ्य चौकीको भवन देखेर झन विरामी पो हुन्छन् भन्ने डर छ । सामान्य चेकजाँच गरेर फर्किनेलाइ त ठिकै होला तर भर्ना गरेर राख्नुपर्दा त डर हुने गरेको सल्यानटारकी राममाया दराइले बताउनुभयो । भुकम्पको त्रास कायमै रहदा अझ भत्किएको भवनमा उपचार गराउनुपरेपछि विरामीहरुमा झन मानसिक त्रास बढ्ने स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरु बताउँछन् ।
अस्पतालले आकस्मिक विरामीहरु र ओपिडी सेवाहरु बरण्डामा राखेर चलाइरहेका छन् ।
दिनभर चर्किएकै भवनमा राखेर विरामीहरुको उपचार गराउने गरेको चौकीले भर्ना गर्नुपर्ने विरामीहरुलाइ राती युनिसेफले दिएको त्रिपालमा राख्ने गरेको जानकारी गराइएको छ । भुकम्पपछि विरामीको पनि चाप बढेको र विकल्प पनि नभएकाले बाध्य भएर चर्को घाममा त्रिपाल र टेन्टमुनी विरामीहरु राख्नु परेको अस्पतालले जनाएको छ ।
उपचारका लागि आवश्यक पर्ने एक्स–रे, ल्याव, प्रसुती कक्ष बाहिर चलाउन समस्या हुने र भित्र नचलाए विरामीहरुको स्वास्थ्य चेकजाँच गर्न नसकिने खकुरेलले जानकारी दिनुभयो । बाहिर काम गर्न गाह्रो हुने भएकाले जोखिम मोलेर असुरक्षित भवनमै काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु पनि मानसिक रुपमा विचलित भएका छन् ।
प्राविधिक चेकजाँचपछि असुरक्षित स्टिकर टाँसिएको भवनबाट अहिले दैनिक १ सय ५० देखी २ सयजनासम्मले औषधी उपचार गराईरहेका छन । सल्यानटारमा रहेको उक्त स्वास्थ्य केन्द्रमा गोरखाको आरुघाट देखि धादिङकै उत्तरी क्षेत्र मुलपानी, बसेरी, बुढाथुम, फुलखर्क आगिन्चोक खहरे लगायतका गाउँ विकास समितिहरुबाट विरामीहरु उपचारका लागि आउने गरेका छन् ।