Fri. Nov 29th, 2024

लकडाउनको पूर्ण पालना गरी आफू र आफ्ना परिवारको जीवन रक्षा गर्न नेकपा धादिङको अपील

२० चैत, धादिङ-

लकडाउनको पूर्ण पालना गरी आफू र आफ्ना परिवारको जीवन रक्षा गर्न नेकपा धादिङको अपील गरेको छ । बुधवार एक प्रेस विज्ञप्ती जारी गरि नेकपा धादिङले कोरोना भाइरस जोखिमबाट बचाउन नागरिकहरुलाइ बचाउन संघिय सरकार सहित तिनै तहका सरकार क्रियाशि रहेकाले यस विषम परिस्थितिमा सरकारले चालेका हरेक कदमलाई साथ र समर्थन दिन आग्रह समेत गरिएको छ ।

नेकपा धादिङका अध्यक्ष नेत्र पौडलद्धारा जारी गरिएको विज्ञप्तीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिइरहेका स्थानीय प्रशासन, सबै सुरक्षाकर्मी, सबै स्वास्थ्यकर्मी सहित सबै संघ÷संगठन÷संस्था र आम नागरिकहरुप्रति आभार व्यक्त गरिएको छ ।

‘संकटको यसघडिमा एउटा जिम्मेवार पार्टीका नेता कार्यकर्ताको पनि उल्लेख्य भूमिका हुनुपर्छ र भएको पनि भन्ने हामीले विश्वास लिएकाछौं । यसमा पनि राज्य सञ्चालनको जिम्मेवारी पाएको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भूमिका झन् अग्रपंक्तिमा हुनुपर्छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘विश्वले भोगिरहेको यो सन्त्रासपूर्ण वातावरणमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन, लकडाउनलाई पूर्ण सफल बनाउन तथा आफ्नो छरछिमेकमा केहि समस्या भए नजिकको स्वास्थ्य संस्था, सुरक्षा निकाय र स्थानीय सरकारसंग समन्वय गर्न पनि आग्रह गर्दछौं ।’ साथै स्थानीय स्तरमा नागरिकलाई सहि सूचना प्रदान गर्न र त्यहाँ आइपर्ने कुनै पनि समस्या समाधान गर्न सम्पुर्ण पार्टी कार्यकर्ताको सक्रिय सहभागिताको समेत अपेक्षा गरेको छ ।

अहिले गलत हल्ला चलाएर सरकार र मुलुकको बदनाम गर्ने तत्वहरु सक्रिय भएकाले यस्ता कार्य नगर्न र आम जनमानसमा त्रास फैलाउने काममा नलाग्न सम्बन्धित पक्षसंग आग्रह गरिएको र गलत हल्ला फैलाउनेहरुहरुसंग पार्टीका नेता कार्यकर्ताहरु चनाखो हुन विज्ञप्तीमार्फत निर्देशन गरिएको छ ।

देश नै विषय परिस्थितिमा रहेको यो समयमा खाद्यान्न अभाव लगायतका समस्याहरु सिर्जना भएको भएपनि तिनै तहका सरकारले यस्ता समस्या समाधान गर्न कार्यविधि सहितको राहत वितरण योजना पनि ल्याउन लागेकाले सवै नागरिकहरुलाइ संयम भएर घरभित्रै बस्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

२०७६ चैत २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: