Wed. Nov 27th, 2024

पेट्रोल, डिजल र मट्टीतेलको भाउ १० रुपैयाँले घट्यो


१९ चैत, काठमाडौँ

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले तीन वटै पदार्थमा १०र१० रुपैयाँका दरले भाउ घटाएको हो ।

अब पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ गुणा घटे पनि आयल निगमले नघटाउँदा चौतर्फी आलोचना भइरहेको थियो ।


२०७६ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: