
१४ चैत , एजेन्सी
पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या चीनमा भन्दा धेरै भएको छ।
बिबिसीका अनुसार अमेरिकामा संक्रमितको संख्या ८३ हजार ५ सय पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याकं अनुसार संक्रमित संख्यामा अमेरिकाले भाइरसको उद्गमस्थल चीन र इटालीलाई उछिनेको हो।
चीनमा हालसम्म कुल ८१ हजार ७ सय ८२ जनामा यो संक्रमण देखिएको छ भने इटालीमा संक्रमितको संख्या ८० हजार ५ सय ८९ पुगेको छ।
संक्रमितको संख्या चीन र इटालीको भन्दा धेरै भएपनि मृतकको संख्या भने अमेरिकामा कम छ।
ऋयचयलबखष्चगक ऋबकभक ःयगलत बक क्भअयलम एभचकयल म्ष्भक ष्ल ग्।क्। ( ध्क्व्
अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १२ सय जनाको ज्यान गएको छ भने चीन र इटालीमा क्रमशः ३,२९१ र ८,२१५ जनाको ज्यान गएको छ।
संक्रमितको संख्या धेरै बढेको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूहरूले धेरै परीक्षण गरेकाले यस्तो नतिजा आएको प्रतिक्रिया दिएका छन्।
बिहीबार दिउँसो ह्वाइटहाउसमा भएको प्रेस भेटघाटमा राष्ट्रपति ट्रम्पले चीनको कोरोना भाइरससम्बन्धी तथ्यांकमा शंका व्यक्त गरेका छन्।
उनले भेटघाटमा उपस्थित पत्रकारहरूलाई ‘तपाईंहरूलाई चीनमा कति छ भन्ने थाहै छैन’ भनेका थिए।
सो भेटघाटमा उपराष्ट्रपति माइक पेन्सले देशका ५० राज्यमा ५ लाख ५२ हजारवटा कोरना भाइरस परीक्षण गरिएको जानकारी दिएका थिए।
२०७६ चैत १४ गते प्रकाशित