
९ चैत, काठमाडौँ –
सरकारले चीन र भारतसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको हो।
यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्न५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उक्त कोषका लागिसबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए ।
२०७६ चैत ९ गते प्रकाशित