Tue. Mar 11th, 2025

नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित

५ चैत , काठमाडौ –

नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो। मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो।

गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन ९एफए०सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो। दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ।

२०७६ चैत ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: