९ फागुन, धादिङ-
न्यु किवो बोर्डिङ स्कुलले आफ्नो १८ औँ अभिभावक दिवसको दिन पारेर शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण एवं विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले जिल्लाको शिक्षा क्षेत्रको विकास निम्ति न्यु किबो बोर्डिङ स्कुल पु¥याएको योगदानको प्रशंशा गर्नुभएको थियो ।कार्यक्रमलाइ सम्वोधन गर्दै भण्डारीले विद्यार्थीको कक्षागत पढाईलाईमा मात्र केन्द्रित नगरी बाहिरी क्रियाकलापमा पनि अग्रसर बनाउनुपर्ने बताउदै शिक्षा क्षेत्रको समुचित विकास भएमा मात्रै मुलकको पनि विकासको खाका बन्ने बताउनुभयो ।
कार्यक्रममा न्यु किवो बोर्डिङमा अध्यनरत विद्यार्थीहरुले बनाएका विभिन्न प्रविधि र विज्ञानहरुको प्रदर्शनी आयोजना गरिएको थियो । विद्यार्थीहरुको प्रदशर्नीलाइ अभिभावक र अतिथिहरुलै निकै चासोका साथ सोधी सोधी अवलोकन गरेका थिए ।
कार्यक्रममा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै २०७५ सालको एसईई परिक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
न्यु किबो बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा शिक्षा तथा समन्वय ईकाईका प्रमुख अम्बिका प्रसाद आचार्य, विभिन्न विद्यालयका शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधि, अभिभावक र संचाकर्मीहरुको सहभागिता रहेको थियो ।