
८ फागुन , बेइजिङ –
कोरोना भाइरस कोभिड१९० का कारण बुधबार दुई जना इरानी नागरिकको मृत्यु भएको छ । इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ ले राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणमा रहेको कोमका दुई जना वृद्धको मृत्यु भएको बताए।
मृत्यु हुनेहरुको बारेमा विस्तृत जानकारी भने गराइएको छैन। डिसेम्बरबाट विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो।
यसैबीच बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय २६ पुगेको छ। बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको छ। बिहीबार बिहानसम्म चीनमा २ हजार एक सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।त्यस्तै हङकङ र इरानमा २(२ जनाको मृत्यु भएको छ। फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।
बुधबार चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ। बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ। मंगलबार भने करिब एक हजार ७ सयमा कोरोनाको संक्रमण देखिएको थियो।
२०७६ फागुन ८ गते प्रकाशित