Tue. Mar 11th, 2025

एनएनआईपीए स्पोर्टस अवार्ड स् विमल र निमा सर्वोत्कृष्ट

७ फागुन , काठमाडौ –

प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ १४ औं एनएनआईपीए स्पोर्टस अवार्ड–२०७६ को विजेता बनेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ९एनएनआईपीए० ले २०७५ सालभित्र उत्कृष्ट प्रदर्शन गर्ने छनोट अवाड प्रदान गरेको हो । वसन्तपुर डबलीमा मंगलबार भएको एनएनआईपीए स्पोर्टस अवार्डका विजेता खेलाडी ।
२०७५ सालमा भएकामध्ये सबैभन्दा ठूलो प्रतियोगिता १८ औं एसियाली खेलकुदमा नेपालका तर्फबाट सहभागी २८ खेलका एक–एक उत्कृष्ट खेलाडी छनोट गरिएको थियो । इन्डोनेसियामा भएको एसियाडमा नेपालले एकमात्र रजत पदक जितेको थियो । एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो रजत पदक हो ।

रजत विजेता प्याराग्लाइडिङ टिमका कप्तान विमल अधिकारीलाई पुरुष वर्ष खेलाडीबाट सम्मानित गरियो । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । पोखरा निवासी विमल उडान रद्द भएपछि कार्यक्रममा उपस्थित हुन सकेनन् । ‘दिनभर पोखरा विमानस्थलमा बसेर फर्कनुपर्‍यो । यति ठूलो सम्मानको हकदार बनाइदिएकोमा एनएनआईपीए परिवारप्रति कृतज्ञ छु,’ कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा विमलले भने, ‘अवार्डमा उपस्थित हुन नसक्दा दुःख लागेको छ । तर खेलको रूपमा परिचित भएको प्याराग्लाइडिङ छोटो समयमै सबैमाझ स्थापित भएकोमा खुसी छौं ।’

‘हामीले यसै वर्षको सुरुमा पल्सर स्पोर्टस अवार्ड पनि पायौं । यसले प्याराग्लाइडिङमा लाग्न युवालाई प्रोत्साहित गरेको छ । म आफैंलाई पनि अझै राम्रो प्रदर्शन गर्न प्रेरित भएको छु,’ प्याराग्लाइडिङको विश्व वरीयतामा समावेश भइसकेका पाइलट विमलले भने ।

२०७५ सालको घरेलु प्रतियोगितामा अपराजित तेक्वान्दोकी निमाले पनि महिला वर्ष खेलाडी अवार्डसँगै १ लाख पुरस्कार थापिन् । उनले राष्ट्रियस्तरका घरेलु प्रतियोगितामा आफ्नो तौल ५३ केजीमुनि अपराजित रहँदै ६ स्वर्ण जितेकी थिइन् । दक्षिण कोरियामा सम्पन्न वर्ल्ड युनिभर्सिटी तेक्वान्दोको एकल र सामूहिक स्पर्धा गरी दुवैमा रजत जितेकी उनले दुबईमा आयोजित फुजेरा ओपनमा कांस्य जितेकी थिइन् । एसियाली खेलकुदमा उनले एक खेल जितेकी थिइन् ।

२०७६ फागुन ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: