धादिङ – भुकम्प पिडित आदिवासी जनजातीहरुको अवस्था तथा पूर्नवासका लागि आदिवासी जनजाती महासंघले विशेष योजना बनाउने एक कार्यक्रममा जानकारी गराइएको छ ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट आदिवासी जनजातीलाई परेको प्रभावका विषयमा बुधबार धादिङबेसीमा आयोजित महाभुकम्प पिडितका लागि सहयोग व्यवस्थापन सम्बन्धी जनचेतना मुलक परामर्श कार्यक्रम गरी पहल थालिने बताएको छ । खासगरी धदिङको उत्तरी क्षेत्रमा रहेको तामाङ गुरुङ लगायतका समुदायहरु बढी प्रभावित बनेको कुरालाई मध्यनजर गर्दै विवरण संकलन कार्यलाई तीव्र रुपमा अघि बढाइने बताउनुभयो । कार्यक्रममा भुकम्पबाट देखिएको भौतिक क्षतीको समस्यालाई कसरी हल गर्ने भन्ने विषयमा सहभागिहरुले आआफ्नो धारणा राखेका थिए ।
आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आयोजित परामर्श कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य हरी पाटा मगरले राहत तथा पुननिर्माणमा जातजाती भन्दा माथी उठेर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । कार्यक्रममा आदिवासी जनजाती समन्वय समितिका सदस्य भक्त लामाले जनजातीहरु अब राहत भन्दापनी पुननिर्माणमा लाग्नुपर्ने बताउनुभयो । महाभुकम्पबाट व्यापारीहरुको गरिखाने पसलहरु पुरिएकाले व्यापारीहरुको लागि छुट्टै व्यवस्था हुनुपर्ने धादिङ उद्योग बाणिज्य संघका सचिब राजकुमार श्रेष्ठले बताउनुभयो । कायक्रममा आदिबासी जनजातीको थप सुचना तथा क्षती विवरण संकलनका लागि भुकम्प पिडित आदिवासी जनजाती समितीको गठन समेत गरिएको छ । समितिको संयोजकमा हरी शंकर गिदेल मगर, सहसंयोजकमा अक्कल बहादुर तामाङ लगायत सदस्यहरुमा पार्वती श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ, ठाकुर गुरुङ, विना मम्बा, सान्नानी कुमाल, राम सिंह तामाङ, हेमराज भुजेल र नारायण कुमार श्रेष्ठ रहनुभएको छ ।