२० जेठ, धादिङ – भूकम्पपछि भत्किएका घर तथा अस्थायी टहरा निर्माणमा खटिएको नेकपा एमाले निकट अनेरास्ववियुका स्वंयसेवी समूहहरु धादिङमा क्रियाशिल रुपमा लागि परेका छन् ।
बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट घरवारविहिन भएकाहरुको घर पुर्ननिर्माण गर्ने कार्ययोजना अन्र्तगत धादिङमा रहेका स्वंयसेवी टिमहरुले तीनवटै क्षेत्रमा रहेका विद्यालय तथा स्थानीय भूकम्प पीडितहरुको टहरा निर्माणमा निरन्तर रुपमा जुटिरहेका छन् । नेकपा एमालेको एक महिने नयाँ अस्थाई घर निर्माण अभियान अन्तर्गत बुधबार जेठ २० गते पनि धादिङको तीन वटै निर्वाचन क्षेत्रहरुमा उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ ।
धादिङको क्षेत्र नं १ मा नेकपा एमाले कविलबस्तुको टोली कपिलबस्तु र रुपन्देहीको समूहले निरन्तर रुपमा घर तथा विद्यालयको टहरा निर्माणमा जुटिरहेका छन् । कपिलबस्तुको समूहले सल्यानटार गाविस वडा नं ८ आरुघाटमा रहेका स्थानीयहरुको अस्थायी घर टहरा निर्माण गरेका छन् । अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य विमला घिमिरेको संयोजनमा जुटेका सहयोगी हातहरुले सल्यानटारका भूकम्प पीडित कृष्ण श्रेष्ठ, सीमा गुरुङ, पहल श्रेष्ठ र शुसिला श्रेष्ठको अस्थायी टहरा निर्माण गरेका छन् । कपिलबस्तुको २८ जनाको टोलीसँगै कपिलबस्तु क्षत्रे नं १ का एमाले सभासद् बलराम अधिकारी, पूर्व सभासद् शान्तिदेवी हरिजन पनि सँगै टहरा निर्माणमा जुट्नु भएको छ । त्यस्तै सल्यानटारको गाविसको वडा नं ५ मा रहेको भूकम्प पीडित स्थानीयहरुको अस्थायी टहरा निर्माण गरिएको छ । रुपन्देहीबाट आएका ३५ जनाको टोली सल्यानटारबाट अस्थायी टहरा निर्माणका लागि बुढाथुम गाविसमा गएका छन् ।
त्यस्तै क्षेत्र नं २ अन्र्तगत निलकण्ठ नगरपालिका वडा नम्वर १० निगालपानीमा रहेको चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा क्षेती भएको भग्नावशेषहरु हटाएर ३ कोठे टहराको निर्माण कार्य आजबाट सुरु गरेका छन् । टोलीमा अनेरास्ववियूका केन्द्रिय सचिव राधिका खतिवडा सहितको २० जनाको टोलीले उक्त टहरा निर्माण खटिएका छन् ।
त्यस्तै क्षेत्र नं ३ अन्र्तगत नेकपा एमाले सम्बद्ध विद्यार्थी टोलीहरु थाक्रे गाविसको विभिन्न वडाका भूकम्प पीडितहरुको घर, टहरा निर्माणमा जुटेका छन् कोशी अञ्चल कमिटिका सदस्य बाबुराम थापाको संयोजन तथा धादिङ क्षेत्र नं ३ का पूर्व राष्ट्रिय प्रतिनिधि सदस्य नेत्रराज पौडेलको स्थानीय संयोजनमा थाक्रे गाविसका भूकम्प पीडित स्थानीयहरुको घरटहरा निर्माण कार्यमा जुटेका छन् ।