Tue. Mar 11th, 2025

ला लिगाको शीर्ष स्थानमा रियल कायमै


२७, माघ, स्पेन


स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा आफूलाई अग्रस्थानमा कायम राखेको छ ।

आइतबार राति भएको खेलमा रियलले ओसासुनामाथि ४–१ गोलको शानदार जित निकाल्न सफल भयो । ओसासुनाको मैदानमा रियालले पुनरागमन जित निकालेको हो । रियालको जितमा इस्को, सर्जियो रामोस, लुकास भाजक्वेज र लुका जोभिकले गोल गरे । ओसासुनाका युनाई गार्सियाले एक गोल गरेका थिए । ओसासुनाले १४औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । युनाईले गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३८औं मिनेटमा कप्तान सर्जियो रामोशले गोल गर्दै रियललाई अगाडी बढाए । ८४औं मिनेटमा लुकास भाजक्वेजले करिम बेन्जेमाको पासमा तेस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा लुका जोभिचले फेडरिको भेलभेर्डेको पासमो गोल गर्दै रियललाई सानदार जित दिलाए ।

जितसँगै रियालले शीर्षस्थानमा रहेको रियलले २३ खेलबाट ५२ अङ्क बनाएको छ । रियल दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोना भन्दा तीन अङ्कले अगाडी छ । बार्सिलोनाको समान खेलबाट ४९ अङ्क पुगेको छ । २८ अङ्क बनाएको ओसासुना १२औं स्थानमा छ । आइतबार रातिनै भएको अन्य खेलमा सेल्टाभिगोले सेभिल्लालाई २–१, रियल सोसियडाडले एथ्लेटिक बिल्बाओलाई २–१ र स्पान्योलले मालोर्कालाई १–० गोलले हराएको छ ।

२०७६ माघ २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: