Tue. Mar 11th, 2025

बङ्गलादेश पहिलो पटक यू–१९ विश्वकपको फाइनलमा


२४ माघ, काठमाण्डौ –

दक्षिण अफ्रिकामा भैरहेको यू–१९ विश्वकप २०२० को दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बङ्गलादेश फाइनलमा पुगेको छ ।

अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । बङ्गलादेशले पहिलो पटक यू–१९ विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । भारत र बङ्गलादेशबीचको फाइनल खेल आउँदो आइतबार हुनेछ ।

भारतले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

यसअघि भारतले ६ पटक फाइनल खेल्दा चार पटक उपाधि जितिसकेको छ । भारतीय टिमले यसपटक पनि फाइनल जितेको अवस्थामा पाँचौ पटक यू–१९ विश्वकपको उपाधि जित्ने रेकर्ड बनाउनेछ ।

२०७६ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: