Thu. Nov 28th, 2024

काशी-नर्मदा स्मृति प्रतिष्ठानद्धारा विद्यार्थीलाइ छात्रबृत्ति वितरण

२३ माघ, धादिङ

काशी नर्मदा स्मृति प्रतिष्ठानले नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको चण्डेश्वरी माद्यमिक विद्यालयका विद्यार्थीहरुलाइ छात्रबृत्ति वितरण गरेको छ ।

चण्डेश्वरी माद्यमिक विद्यालयबाट हरेक वर्षको एस इ इ परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाइ प्रतिष्ठानले प्रत्येक वर्ष ‘सन्तकुमारी छात्रबृत्ति’ प्रदान गदै आइरहेको छ ।

विगत ३ वर्षअघि देखि प्राविधिक कारणबस वितरण गर्न नसकिएको छात्रबृत्तिलाइ बुधवार प्रतिष्ठानको १७ औ वार्षिक उत्सवको अवसरमा एकैपटक विरतण गरिएको हो ।

नीलकण्ठ नगरपालिका वडा नं ९ का स्थानीय धर्मराज दुवाडीले आफ्ना स्वर्गिय आमा बुवा र सानी आमाको नाममा स्थापना गर्नुभएको प्रतिष्ठानले हरेक वर्ष चण्डेश्वरी माद्यमिक विद्यालयका विद्यार्थीहरुलाइ छात्रबृत्ति वितरण गर्दै आइरहेको छ ।

छात्रबृत्ति र प्रमाणपत्र वितरण गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाले छात्रबृत्तिको अंक सानो भएपनि एस इ इ मा उत्कृष्ठ हुने छात्रछात्राको लागि यसले ठुलो अर्थ राख्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सस्थापक सभापति धर्मराज दुवाडीले छात्रबृत्ति वितरण सुरु गर्दाताका २० हजारबाट सुरु गरिएको अक्षयकोष अहिले एक लाख पुर्याइएकाे बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विद्यालयका उत्कृष्ट छात्रछात्रालाइ प्रतिष्ठानले छात्रबृत्ति प्रदान गर्दै शिक्षा विकासमा पुर्याएको योगदानको लागि धन्यवाद दिनुभयाे । साथै आगामी दिनमा छात्रबृतिको अक्षयकोष बृद्धि गर्दै अझ विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा विद्यालयको भौतिक पुर्वाधारको विकास एवं शिक्षाको गुणस्तरमा सुधारको लागि मन्त्रालयले विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउदै चण्डेश्वरी माद्यमिक विद्यालयलाइ समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

About The Author

अन्य समाचारहरु: