Sun. Mar 16th, 2025

कोरोना भाइरस प्रकोप मृतकको संख्या ४२६ पुग्यो, २० हजारभन्दा बढी संक्रमित

CHINA-HEALTH/

२१ माघ , बेइजिङ –

चिनियाँ अधिकारीहरुका अनुसार सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।

२०७६ माघ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: