
१५ माघ , भैरहवा –
गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरण गृहकार्यमा जुटेको छ । भौतिक पूर्वाधार निर्माण सकेर ठेकेदारले सरकारलाई हस्तान्तरण गरेको तीन महिनाभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा प्राधिकरण जुटेको हो ।
निर्माण सकिनासाथ परीक्षण उडान सुरु हुने नागरिक उड्डयन प्रािधकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । लगत्तै अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनका लागि प्रमाणीकरण प्रक्रिया पूरा गरिने उनले बताए । ‘यसका लागि आवश्यक गृहकार्य थालिसकेका छौं,’ उनले भने, ‘निर्माण सम्पन्न भएको तीन महिनाभित्र सञ्चालनमा ल्याउन कार्यदल परिचालन गरिएको छ ।’ कार्यदलमा नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एक दर्जनभन्दा धेरै विषयका प्राविधिक छन् । कार्यदलले एक सातादेखि विमानस्थलको भौतिक पूर्वाधार निर्मार्ण गर्ने चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपतर्फको आयोजना ९आईसीपी वान० र एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनका लागि उपकरण जडानका लागि थाइल्यान्डको एरो थाई कम्पनीले लिएको अर्को ठेक्का ९आईसीपी टु० को स्थलगत अध्ययन सुरु गरेको छ ।
विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन तयार गर्नुपर्ने संरचना, त्यसमा आउन सक्ने समस्याबारे अध्ययन गरी यथाशीघ्र सञ्चालनमा ल्याउन सकिने वातावरण तयार पार्न कार्यदल जुटेको हो । विमानस्थलमा जडित विभिन्न उपकरण र मेसिनले ठीक किसिमले काम गरेका छन्रछैनन् भन्नेबारे जाँच्न क्यालिब्रेसन उडान गरेर पत्ता लगाइन्छ । सबै उपकरण ठीक भएको प्रमाणित भएपछि बल्ल परीक्षण उडानका लागि विमानस्थल योग्य मानिन्छ ।
सञ्चालनमा आइरहेको भएकाले गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमा सञ्चालन गर्न भौतिक पूर्वाधार बनिसकेपछि जनशक्तिलगायतको समस्या नरहेको महानिर्देशक पोखरेल बताउँछन् । विमानस्थलका सबै पूर्वाधार तयार भएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि ६ महिनादेखि एक वर्षको समयसम्म परीक्षण अवधि लाग्छ । तर यो विमानस्थल सञ्चालनमै रहेको र आफ्नै अनुभवका आधारमा निर्माण सम्पन्न भएको तीन महिनाभित्र प्रमाणीकरण एवं सम्पूर्ण कागजी प्रक्रिया गरी अन्तर्राष्ट्रिय उडानका लागि मिति तय गरिनेछ ।
२०७६ माघ १५ गते प्रकाशित