१४ माघ , धादिङ –
जब बच्चा कुनै कारणले दुःखी भएर, चिन्तित भए, क्रोधित भएर, हतोत्साही भएर घर र्फकन्छन्, तब आमाबुवाले उनलाई दुःखी वा चिन्तित नहुनका लागि सान्तवना दिन्छन् ।
‘धेरै रिसाउनु हुँदैन’, ‘हतोत्साही नबन’, ‘चिन्ता नगर’ भन्दै अभिभावकले बच्चालाई शान्त तुल्याउन खोज्छन् । यद्यपी यो समस्याको हल होइन । यस्तो वाक्य सुनेर बच्चाहरु स्वयम् लज्जित हुनपुग्छन् । यसले उनीहरुको भावनामा ठेस पुग्छ ।
उनीहरुलाई महसुष हुँदैन कि अभिभावकले उनलाई सम्झाइरहेका छन् । उनीहरु आफुलाई एक्लो अनुभूत गर्न थाल्छन् । आफ्नो कुरा पोख्न नपाएकोमा पीडावोध गर्छन् ।
बच्चाको मनोदसा किन बिग्रिएको छ, उनीहरु किन दुःखी छन् रु अभिभावकले सुन्नुपर्छ । उनीहरुलाई सोझै ‘तिमी दुःखी हुनु हुँदैन’ भनेर उपदेश दिनुभन्दा उनीहरु के कारणले दुःखी भएका हुन् थाहा पाउनुपर्छ । उनीहरुको भावनालाई सम्मान गर्नुपर्छ । बच्चालाई आत्मियता अनुभूत हुनुपर्छ ।
बच्चा के कारणले दुःखी भएका हुन् त्यसबारे अभिभावकले चासो राख्नुपर्छ । बच्चा किन क्रोधित छन्, किन हतोत्साही छन् अभिभावकले बुझ्ने कोशिस गर्नुपर्छ । अतः ‘म तिम्रो ठाउँमा भएको भए यस्तो गर्थें’, ‘म तिम्रो अवस्थालाई बुझ्न सक्छु’ भन्ने जस्ता कुराले उनीहरुलाई सहज बनाउँछ । अतः उनीहरु अभिभावकसँग नजिक भएको अनुभूत गर्छन् । उनीहरु अभिभावकसँग मिलेर आफ्नो समस्या हल गर्ने प्रयास गर्छन् । अतः बच्चामा सुरक्षाको भावना विकास हुन्छ । उनीहरु अभिभावकसँग तार्किक रुपले सोच्न सुरु गर्छन् ।
आदेश होइन मार्गदर्शन
बच्चासँग साथीको जस्तै सम्बन्ध बनाउनुपर्छ । दुबैले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । अक्सर हामी बच्चालाई आदेश दिने गर्छौं । यो गर, त्यो नगर भन्छौं । यो खानु, त्यो नखानु भन्छौं । यसरी आदेश दिनुभन्दा उनीहरुले कसरी गरिरहेका छन्, कसरी खाइरहेका छन् त्यसलाई हेरेर उपयुक्त मार्गदर्शन दिनुपर्छ । तपाईंले बच्चालाई केही कुरा कसरी गर्ने भनेर सिकाउन सक्नुहुन्छ । यद्यपि तपाईं आफै उनीमाथि हावी हुन सक्नुहुन्न । तपाईंले बच्चाले गरिरहेको काममा आफ्नो सुझाव दिन सक्नुहुन्छ । यद्यपि निर्णय दिन सक्नुहुन्न । अन्तिम निर्णय बच्चालाई छाडिदिनुहोस् ।
सकारात्मक वातावरण
बच्चालाई सकारात्मक वातावरण दिनुहोस् । उनीहरुलाई यो कुरा पनि महसुष गराउनुहोस् कि जीवनमा सबैकुरा संभव छ र जे पनि गर्न सकिन्छ । बच्चाको अगाडि संभावनाको ठूलो संसार छ । उनीहरुलाई नकारात्मक हुनबाट चाहि बचाउनुहोस् । सकारात्मक वातावरणमा हुर्कने अनुकुलता दिलाउनुहोस् ।
२०७६ माघ १४ गते प्रकाशित